बाढीपहिरोले पुर्याएको क्षतिबारे स्थलगत जानकारी लिन बझाङ पुगे प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली विरल वर्षासँगै आएको बाढीपहिरोले पुर्याएको क्षतिबारे स्थलगत जानकारी लिन आज बझाङ पुगेका छन् ।
गृह प्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको स्थलगत जानकारी लिने उद्देश्यले प्रधानमन्त्री देउवा आज (विहिबार) बिहान सुदूरपश्चिमतिर लागेका हुन् ।
नेपाली सेनाको हेलिकोप्टरबाट सुदूरपश्चिम गएका उनी यति बेला बझाङको चैनपुर पुगेर जानकारी लिइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।