बागमती प्रदेशसभा बैठक आज, एमाले उपस्थित हुन नसक्ने
आज बागमती प्रदेशसभाको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो ।गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।
प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मत विभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ ।