Logo
६ पुस २०८१, शनिबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरिसडाडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा जारी रहेको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो ।बैठकले सरकारको काम कारबाहीको समिक्षा गर्ने बताईएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजानुपर्ने प्रस्ताव राखेका छन् ।
माओवादी केन्द्र अर्ली इलेक्सनको विपक्षमा छ ।

तर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा भने संभव भए संघिय संसदको अर्ली इलेक्सन, नभए तीनै तहको चुनाव एकसाथ गर्ने सोचमा छन् ।

केन्द्रको सत्ता गठबन्धनको संयन्त्रलाई वडा तहसम्म लैजानेबारेमा समेत छलफल भइरहेको बेला माओवादी बैठकमा यी विषय समेत एजेण्डा छन् ।

माओवादीले अन्य वामपन्थी पार्टीहरुसँग पनि एकताको पहल गरिरहेको छ ।

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्