ठगी आरोपमा पक्राउ परेका इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
बैंकको पैसा ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा सोमबार पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो ।
उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।