Logo
८ पुस २०८१, सोमबार
(October 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा कात्तिक १५ मा फैसला सुनाउने

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा कात्तिक १५ मा फैसला आउने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।अख्तियार दुरुपयोग अनसुन्धान आयोगले लिता निवास जग्गा प्रकरणमा दुवै पूर्वप्रधानमन्त्री नेपाल र डा. भट्टराईलाई मुद्दा नचलाउने निणर्य गरेको थियो ।

उक्त निर्णयविरुद्ध दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।उक्त रिटमा सर्वोच्च अदालतले १५ कात्तिकमा फैसला सुनाउने भएको छ ।

 

 

 

 

 

प्रकाशित मिति: Oct 4, 2021

प्रतिक्रिया दिनुहोस्