लोसपाबाट राजीनामा दिएका राजकुमार लेखी आज एमाले प्रवेश गर्दै
नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष राजकुमार लेखी एमालेमा प्रवेश गर्ने भएका छन् ।
गोदावरीमा जारी एमालेको विधान महाधिवेशन अन्तर्गत आइतबारलाई तोकिएको पार्टी प्रवेश कार्यक्रमबाट लेखी एमालेमा जान लागेका हुन् ।
लेखीले भने ‘ मेरो राजनीतिको सुरुवात एमालेबाटै भएको हो । आज म पुनस् एमालेमा सहभागी हुँदै छु ‘। लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेसवादीबाट दलमा सक्रिय थिए ।
प्रदेश २ स्थित सप्तरी जिल्ला घरभई राष्ट्रिय ब्यक्तिको रुपमा स्थापित नाम लेखीले बिहीबार लोसपाको पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका थिए ।
नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदायस्तरमा स्थापित गर्ने र राष्ट्रको एजेण्डा बनाउने श्रेय पासाङ शेर्पा र राजकुमार लेखी हुन् ।
जनजाति महासंघको अध्यक्ष भएका बेला पासाङले २०६३ सालमा देशब्यापी आन्दोलनको नेतृत्व गर्दा लेखी त्यसका एक खम्बा थिए ।पासाङपछि उनकै समर्थनमा राजकुमार लेखी जनजाति महासंघको अध्यक्ष बने ।
दुवैजनाले चुनावी प्रतिस्पर्धामा एमालेबाहेक अरु शक्तिहरू समर्थित आदिवासी जनजाति नेतालाई पराजित गरेर महासंघको नेतृत्वमा स्थापित भएका थिए ।