हरनाज सन्धुले जितिन् ‘मिस युनिभर्स इन्डिया २०२१’को ताज
हरनाज सन्धुले ‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज जितेकी छन् ।३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् ।
सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ ।
गत वर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् ।यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् । चण्डीगढकी सन्धु २०१७ टाइम्स फ्रेस फेस मिस चण्डीगढ समेत बनेकी थिइन् ।
प्रतियोगितामा सोनल कुकरेजा फष्ट रनर अप र डीविता राय सेकेन्ड रनरअप भए ।