Logo
८ मंसिर २०८१, शनिबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति शर्मा र आवासीय प्रतिनिधि न्यान्तीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेस्लो न्यान्ती र प्रधानसेनापति प्रभुराम शर्माबीच आज भेटवार्ता भएको छ ।प्रधानसेनापति शर्मालाई भेटन राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्ती बिहीबार जंगी अड्डा पुगेकी थिइन् ।

भेटका क्रममा उनीहरुबीच संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो क्रममा आवसीय प्रतिनिधिले राष्ट्रसंघीय मिसनमा शान्ति स्थापनार्थ नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी थिइन् ।भेटका क्रममा द्विपक्षीय महत्वको विषयमा छलफल भएको थियो ।

दुई उच्च अधिकारीबीचको भेटले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्