Logo
९ माघ २०८१, बुधबार
(September 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाका राजकुमार लेखी एमाले पार्टी प्रवेश गर्दै

आदिवासी जनजाति नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनले आजै एक विज्ञप्ती जारी गर्दै नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका हुन् ।

विधान महाधिवेशनको अन्तिम दिन (असोज १७ गते) उनी एमाले प्रवेश गर्ने स्रोतले बतायो । एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।

प्रदेश २ स्थित सप्तरी जिल्ला घरभई राष्ट्रिय ब्यक्तिको रुपमा स्थापित नाम लेखीले बिहीबार लोसपाको पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।

नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदायस्तरमा स्थापित गर्ने र राष्ट्रको एजेण्डा बनाउने श्रेय पासाङ शेर्पा र राजकुमार लेखी हुन् ।

जनजाति महासंघको अध्यक्ष भएका बेला पासाङले २०६३ सालमा देशब्यापी आन्दोलनको नेतृत्व गर्दा लेखी त्यसका एक खम्बा थिए ।पासाङपछि उनकै समर्थनमा राजकुमार लेखी जनजाति महासंघको अध्यक्ष बने ।

दुवैजनाले चुनावी प्रतिस्पर्धामा एमालेबाहेक अरु शक्तिहरू समर्थित आदिवासी जनजाति नेतालाई पराजित गरेर महासंघको नेतृत्वमा स्थापित भएका थिए ।

मधेश आन्दोलनको नेतृत्व उपेन्द्र यादवले गर्दा जनजाति आन्दोलनको नेतृत्व पासाङ र राजकुमारहरूले गरे । मधेश आन्दोलन कालान्तरमा राजनीतिक शक्ति हुँदै पार्टी बन्यो र विभिन्न चिरामा फुट्यो ।

तर, जनजाति आन्दोलनलाई पार्टी बनाउने पासाङ र राजकुमारहरुको प्रयास असफल भयो । उनीहरू दुवैजना एमालेको राजनीतिमा थिए । एमालेबाटै जनजाति महासंघको अध्यक्ष बने । पासाङ संविधानसभाको सदस्य पनि भएका थिए ।

एमालेले आदिवासी जनजातिको एजेण्डालाई ठीक ढंगले नबोकेको भन्दै दुवैजनाले कालान्तरमा पार्टीमात्र छाडेनन्, मधेसकोजस्तै जनजातिको पार्टी बनाउन सकिन्छ भन्ने प्रयास पनि गरे ।

राजकुमार लेखीको विज्ञप्ती : 

प्रकाशित मिति: Sep 30, 2021

प्रतिक्रिया दिनुहोस्