Logo
४ आश्विन २०८१, शुक्रबार
(September 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन विमानस्थलबाटै फर्काइए किरण गजमेर ?

भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई विमानस्थलबाटै फर्काइएको छ । अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको हो ।

एक प्रवेशाज्ञा (भिसा)मा बस्न पाउने समय किरणले नेपालमा बिताइसकेकाले उनलाई फकाईएको अध्यागमन विभागले जनाएको छ ।

“एक प्रवेशाज्ञा (भिसा)मा नेपाल बस्न पाउने समय उहाँले यो वर्ष नेपालमा बिताइसकेकाले उहाँलाई फर्काउनुपरेको हो,” अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने ।

एक प्रवेशाज्ञामा १८० दिन मात्रै नेपाल बस्न पाइन्छ । उनले सन् २०२१ मा अब नेपाल प्रवेश पाउने छैनन् । भ्वाइस अफ नेपालमा प्रतिस्पर्धाका क्रममा उनी लामो समय नेपाल बसेका थिए ।

सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन् । किरण अघिल्लो महिना सम्पन्न भ्वाइस अफ नेपाल सिजन–३ का विजेता हुन् ।

भुटानबाट शरणार्थीका रूपमा नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन् । किरण अमेरिकी नागरिक हुन् ।

प्रकाशित मिति: Sep 29, 2021

प्रतिक्रिया दिनुहोस्