Logo
११ मंसिर २०८१, मंगलबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस अध्यक्षको पदबाट दिए राजीनामा

भारतीय नेता नवाजोत सिंह सिद्धुले पञ्जाब कांग्रेस कमेटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनी पञ्जाब मन्त्रीमण्डल गठनका कारण रिसाइरहेका थिए ।

सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई आफ्नो राजीनामाको चिट्ठी पठाएका छन् । आफ्नो राजीनामामा सिद्धूले लेखेका छन्, ‘पञ्जाबको भविष्यसँग सम्झौता गर्न सक्दिनँ । सम्झौता गर्दा मानिसहरुको चरित्र खराब हुन्छ । म कांग्रेसका लागि काम गरिरहनेछु ।’

सिद्धुलाई १८ जुलाईमा पञ्जाब कांग्रेसका अध्यक्ष बनाइएको थियो । वजोत सिंह सिद्धुको अगुवाईमा पंजाब कांग्रेसमा भएको विद्रोहको नतिजाको रुपमा १८ सेप्टेम्बरलाई क्याप्टेन अमरिन्दर सिंहले मुख्यमन्त्रीको कुर्सी छोड्नुपरेको थियो ।

त्यसपछि २० सेप्टेम्बरमा चरणजीत सिंह चन्नीलाई राज्यको नयाँ मुख्यमन्त्री बनाइएको थियो । यद्यपि, उनको मन्त्रीमण्डलमा आफ्नो विचारलाई महत्व नदिएको भन्दै नवजोत सिंह सिद्धु रिसाइरहेको बताइएको थियो ।

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्