Logo
८ मंसिर २०८१, शनिबार
(September 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री खड्का र शान्तिसैन्य परिचालनका उप-महासचिव खरेबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनका उप-महासचिव अतुल खरेबीच भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका हुन् ।

त्यस अवसरमा उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्का लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरे। भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए । रासस

प्रकाशित मिति: Sep 28, 2021

प्रतिक्रिया दिनुहोस्