Logo
८ पुस २०८१, सोमबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमिकस क्युरी छिटो पठाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले एमिकस क्युरी छिटो पठाउन आदेश जारी गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको संवैधानिक इजलासमा हुने सुनुवाइबाट अलग हुने प्रधानन्यायाधीशको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ लम्बिएको छ ।

अधिवक्ता डा। गणेश रेग्मी लगायतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आन्तरिम आदेश दिएका थिए ।

विपक्षीहरुको लिखित जवाफ आएपछि शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा पेशी चढेको थियो।

तर नेपाल बार एशोसिएसनले एमिकस क्युरी नपठाएका कारण सुनुवाइ हुन सकेन । एमिकस क्युरी पठाउन आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ  ।

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्