Logo
८ पुस २०८१, सोमबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी दायर गरेको रिट हेर्दाहेर्दैमा !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । यसको सुनुवाई मंगलबार हुनेछ ।

आफू गरेको १४ सांसदको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर हुनुपर्ने माग राखी एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दिएका थिए ।

यसैसँग सम्बन्धित अर्को रिटमा ओलीले ती १४ सांसदको हस्ताक्षर समावेश गरी दर्ता गरिएको नेकपा एकीकृत समाजवादी खारेज गर्न माग गरेका थिए ।

यो रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै भदौ २८ गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

तर भदौ २८ गते न्यायाधीश दीपककुमार कार्की र मीरा खड्काको इजलासमा राखिए पनि हेर्न नभ्याइनेमा परेर सुनुवाइ हुन सकेको थिएन ।त्यसपछि यस रिटमा सोमबार सुनुवाइ भएको हो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

 

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्