Logo
४ आश्विन २०८१, शुक्रबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई विवादित पत्रलाई सरकारकाे सम्मान !

संविधान दिवसको अवसर सरकारले विभिन्न क्षेत्रका ९ सय ३ जनालाई मानपदवीबाट सम्मान गर्ने घोषणा गरेको छ।

तीमध्ये दुई जना विवादित अनुहार भेटिएको छ।

सुकीर्तिमय राष्ट्रदीप पदक पाउने कैलाशचन्द्र गोयल बालुवाटारको विवादित जग्गा खरिदबिक्री प्रकरणमा जोडिएका व्यवसायी हुन्।

उनीविरुद्ध ललिता निवासको उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन संलग्नता रहेको आरोप छ।

उनले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन साँठगाँठ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

त्यस्तै अर्का व्यवसायी हुमनाथ कोइराला रासायनिक मल खरिदबिक्री प्रकरणमा विवादित बनेका थिए।

गत वर्ष उनको कम्पनी होनिको मल्टिपलले गत वर्ष रासायनिक मल आयातको लागि ठेक्का पाएको थियो।

तर मल नल्याएर उसले देशभर रासायनिक मलको हाहाकार बनाएको थियो। सोही कारण उनको कम्पनी अहिले सरकारकै कालोसूचीमा छ।

यस्ता विवादित व्यवसायीलाई सरकारले भने सम्मानित गर्ने भएको हो।

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्