Logo
४ आश्विन २०८१, शुक्रबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट निस्कने क्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराएका हुन् ।

बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरूलाई पनि बोलाइएको छ ।

सर्वदलीय बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा संसद् अवरोध हटाउने लगायतको विषयमा छलफल हुने छ ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्