Logo
४ आश्विन २०८१, शुक्रबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिडका कारण रोजगारी गुमाएकालाई १० हजार

कोभिडका कारणले रोजगारी गुमाएका व्यक्तिलाई सरकारले १० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।

जेठमा अध्यादेश मार्फत आएको बजेटलाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० हजार रुपैयाँ दिने योजना ल्याएका हुन्।

असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने तर कोभिडका कारणले गर्दा आय स्रोत गुमाएका र रोजगारी गुमाएकालाई १० हजार दिइने शर्माले बताए।

सो रकम असोज मसान्तभित्र हस्तान्तरण गरिसक्ने पनि मन्त्री शर्माले जानकारी दिए।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्