Logo
२ माघ २०८१, बुधबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभाबाट बजेटसम्बन्धी तीन विधेयक पारित

एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।

शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो । एमाले सांसदको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले ती विधेयकहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्