Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरकारीको भाउ सुन्दै ‘डरलाग्दो’ !

एक महिना अघि २५ रुपैयाँ किलो पाइने बोडी (तने) को भाउ ७५ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँमा पाइने एक किलो काउलीका लागि ९० रुपैयाँ तिर्नुपर्छ । १७.५० मा पाइने घिरौंलाको भाउ ७० रुपैयाँ पुग्दा भिण्डीको भाउ २८.५० बाट बढेर ५५ रुपैयाँ पुगेको छ ।

लौकाको २५ बाट बढेर ५५ तथा तितेकरेलाको २० रुपैयाँबाट बढेर ८५ रुपैयाँ पुगेको छ । अफ सिजनका तरकारीको मूल्य त अझ आकासिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अर्थात २३ साउन र बुधबार २३ भदौको औषत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म वृद्धि भएको पाइएको छ ।

अदुवा, आलु (रातो/सेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकल/हाइब्रिड/टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ ।

यसैगरी चमसुरको साग, न्यूरो, तोरीको साग, रायोको साग, हरियो धनिया, चिचिन्डो, च्याउ (डल्ले), झिंगुनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पोकेको/हरियो डल्लो), बोडी (तने/मकै), ब्रो काउली, भन्टा( डल्लो/लाम्चो), भिन्डी, भेडे खुर्सानी, रातो बन्दा, लसुन (हरियो/सुकेको नेपाली), लौका, सेतो मुला हाइब्रिड र स्कुसको मूल्य पनि बढेको समितिले जनाएको छ ।

एक महिनाको अवधिमा केही तरकारीको मूल्य भनेको घटेको पाइएको छ । ५ प्रकारका तरकारीको मूल्य घटेको छ । गोलभेडा (लोकल), ठूलो गोलभेडा (भारतीय), चुकुन्दर, लसुन सुकेको चाइनिज र मुला रातोको मूल्य घटेको समितिले जनाएको छ ।

प्रकाशित मिति: Sep 9, 2021

प्रतिक्रिया दिनुहोस्