Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माले घोषणा गरे उम्मेदवारी

कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।

‘आज म उद्घोष गर्न चाहन्छु। संकल्प गर्न चाहन्छु। नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा तपाईंहरु सबैको साथ सहयोग र समर्थन लिएर एउटा सपनाको साथ नेपाली कांग्रेसलाई ड्राइभ गर्नुपर्छ भन्ने चाहन्छु,’ उनले भने।

आफूले बिहान साढे ८ बजेतिरै आएर पार्टीका साथीहरुको भावना र चाहना अनुसार उम्मेदवारी घोषणा गर्ने सोचेको उनले बताए। ‘तर मिडियामा समाचार पढेपछि पण्डित बासुदेव कृष्णशास्त्रीले सम्पर्क गर्नुभयो। उहाँले उम्मेदवारी घोषणा गर्ने दिन राम्रो भए पनि समय म तोक्छु भन्नुभयो। उहाँले १ बजेर ७ मिनेट उताको समयमा विरुवा रोप्ने र अरु कर्म गर्नुहोला भनेपछि अनि फेरि यो समय निर्धारण भयो’, उनले भने।

आफूले दुई अढाइ वर्षदेखि नेपाली कांग्रेसको प्रवक्ताबाट रिडायर्ड हुने गरी राजनीतिमा आएको होइन भनेको स्मरण गरेका थिए। ‘नेपाली कांग्रेसको प्रवक्ताबाट माथिल्लो जिम्मेवारीमा जाने घोषणा गर्ने दिन आजकै दिनलाई बनाएँ,’ उनले भने, ‘बिपी जन्म जयन्ती भन्दा राम्रो दिन के हुन्छ?’

प्रकाशित मिति: Sep 9, 2021

प्रतिक्रिया दिनुहोस्