Logo
४ आश्विन २०८१, शुक्रबार
(September 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी उपाध्यक्ष फतिमा नेतृत्वको टोली काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे काठमाडौं ओर्लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन ।

हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विषयमा एमसीसीले जवाफ पठाएको छ । सो क्रममा एमसीसीले अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग यसको सम्बन्ध नभएको जनाएको छ ।

प्रकाशित मिति: Sep 9, 2021

प्रतिक्रिया दिनुहोस्