Logo
८ मंसिर २०८१, शनिबार
(September 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज महिलाहरुले महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाइँदै

आज  देशभर हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अघिल्लो दिन व्रतालुहरूले मीठा मीठा परिकार दरका रूपमा खाई व्रतका लागि पूर्व तयारी गरिन्छ । विशेष गरी माइती एवं दाजुभाइले छोरी चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने चलन छ ।

दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज पर्व तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्त ऋषिको पूजा गरी तीज समापन हुन्छ ।

अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरूले असल वर र बधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको जानकारहरूको भनाई छ ।

सरकारले यो वर्ष पनि तीज पर्वको अवसरमा महिलालाई बिदा दिएको छ ।

प्रकाशित मिति: Sep 9, 2021

प्रतिक्रिया दिनुहोस्