Logo
४ आश्विन २०८१, शुक्रबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा संसद बैठक अवरुद्ध, एमाले टुक्र्याउन सभामुख मतियार भएको आरोप

प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

बुधबार अपरान्ह संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन्।

एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको उनले बताए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’ उनले भने ।

प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरिएको बताए ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्