Logo
४ आश्विन २०८१, शुक्रबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्हरुलाई देउवाको निर्देशन : एमसीसी देशको हितमा छ, अनावश्यक नबोल्नुस्, भ्रम चिर्न लाग्नुस !

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता नेपालकै हितमा रहेको भन्दै सांसदहरुलाई त्यसबारेको भ्रम चिर्न निर्देशन दिएका छन् । आज (मंगलबार) कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलका नेता देउवाले यस्तो निर्देशन दिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘एमसीसी पहिले पनि कानुन अनुसार नै अघि बढेको हो र यो बीचमा धेरै दलको सरकार बन्यो त्यो बेलामा पनि यो कानुनअनुसार नै अघि बढ्यो,’ देउवाको भनाइ उदृत गर्दै भुसालले भनिन्, ‘यसलाई बाहिर अनावश्यक राजनीति गरेर भ्रम फैलाइयो । यसलाई चिर्नुपर्छ ।’

बैठकमा देउवाले एमसीसीको विषयमा नभएको भ्रम फैलाइएको पनि बताए । ‘हुँदै नभएको भ्रम फैलाइरहेका छन् । अब सांसदहरु सबैले यो भ्रमलाई चिर्नुपर्छ । जनतालाई बुझाउनुपर्छ’ देउवाले बैठकमा भने ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्