Logo
११ मंसिर २०८१, मंगलबार
(September 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिलिपिन्सले हटायो नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध

फिलिपिन्स सरकारले नेपाल सहित १० वटा एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोरोना संक्रमण नियन्त्रण नभए पनि खोपका कारण भयावह अवस्था नरहने निश्कर्षसहित सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको फिलिपिन्स सरकारले जनाएको छ ।

कोभिड महामारी नियन्त्रणका लागी भन्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, यूएई , ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड-१९ कार्यदलको सिफारिस स्वीकृत गरेको जानकारी दिएका हुन् ।

यद्यपि फिलिपिन्स आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने जनाइएको छ । फिलिपिन्सले १० एसियाली मुलकमाथि गत अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: Sep 5, 2021

प्रतिक्रिया दिनुहोस्