जापानी प्रधानमन्त्री योसिहिदे सुगाले राजीनामा दिँदै
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने भएका छन् । त्यस्तै उनी सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् ।
सुगाले गत् सेप्टेम्बरमा सिन्जो आबले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै उनको आलोचना भइरहेको छ ।
जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्थाबमोजिम यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ ।
शुक्रबार पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताएको एलडीपीका महासचिव तोसिहिरो निकाईले बताए ।
एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ । अध्यक्षका लागि आन्तरिक मामिलामन्त्री सानाई ताकैचीले नेतृत्वमा प्रतिस्पर्धा गर्ने संकेत गरेकी थिइन् ।