Logo
११ मंसिर २०८१, मंगलबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः २० वर्षपछि अफगानिस्तानबाट बाहिरियो अमेरिकी सेना, तालिवानले मनायो खुशीलायली

अफगानिस्तानबाट अन्ततः अमेरिका २० बर्षपछि बाहिरिएको छ । तालीवानको हातमा सत्ता गएपछी उसले दिएको अगष्ट ३१ को समय सीमाभित्रै अमेरिका त्यहाँबाट बाहिरिएको हो

गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो ।अमेरिकी सेना फिर्ता भएपछि तालीवानले हवाई फायर गरी खुशियालाी मनाएका छन् ।

अमेरिकाले तालीवानले दिएको समायसीमा भित्रै उद्धारको मिसन पुरा गरेको बताएको छ भने तालिवानले काबुल विमानस्थललाई पनि नियन्त्रणमा लिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपपि जो बाइडेनले आफ्ना सैनिकहरुलाई धन्यबाद दिएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदमा अफगानिस्तानबारे बोल्दै उनले डरलाग्दो परिस्थितिमा पनि अमेरिकी सेनाले साहस र उदारता देखाएको भन्दै प्रशंसा गरे ।

अमेरिकाको अफगानिस्तान मिसन अमेरिकी सेनाको उदारतका कारण सफल भएको बाइडेनको भनाइ थियो । अफगानिस्तान तालिवानको कब्जामा गएपछि अमेरिकाले त्यहाँबाट १ लाख २० हजार अमेरिकी नागरिक, सहयोगी र अफगानी नागरिक लगायत अन्य सहयोगीहरुलाई उद्धार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अफगानिस्तानमा अझै पनि सयौं नागरिक उद्धारको पर्खाइमा रहे पनि उद्धार गर्न नसकेको जनाएको छ ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्