प्रदेश २ मा मन्त्री साह र यादवको जिम्मेवारी हेरफेर
प्रदेश नं २ मा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् । मुख्यमन्त्री राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिला बताए ।उनीहरु दुवैजना जसपाका नेता हुन् ।