जबराले भने : ‘नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस्, गैरकानूनी हो भने आधार देखाउनुस्’
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा गर्न नमिल्ने बताएका छन् ।
जबराले आज संबैधानिक इजलासमा सुनुवाइका क्रममा संवैधानिक परिषद्ले गरेका नियुक्ति अधिकारप्राप्त ठाउँबाट भएको भन्दै नियुक्तिका विषयमा भागबण्डाको कुरा गरी व्यक्तिलाई आरोप लगाउन मिल्दैन भनेका हुन्।
संवैधानिक इजलासमा सुनुवाइ शुरू भएपछि रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले पनि परिषद्मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै इजलास छाड्न सुझाव दिएपछि राणाले बेन्चबाट चेक गरेका हुन् ।
राणाले भने, ‘नियुक्तिका विषयलाई लिएर आरोप लगाउन मिल्दैन । गैरकानूनी हो भने आधार देखाउनुस् । अधिकारप्राप्त निकायले गरेको नियुक्तिमा भागबण्डाको कुरा नगर्नुस् ।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा निरन्तर अनुपस्थित भएपछि अध्यादेशमार्फत परिषद् बैठकसम्बन्धी व्यवस्था संशोधन गरी अख्तियारलगायत विभिन्न निकायमा नियुक्ति गरिएको थियो ।
त्यसकाविरुद्ध सभामुखसहितले अदालतमा रिट दायर गरेका छन् । सोही मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको हो ।