कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
नेपाल विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ ।
प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो । ।
भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा राखिएकोमा आज सुनुवाइ हुन लागेको हो ।
शाक्यले आफूलाई गैर कानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने रिटमा माग गरेका छन् ।
साउन ३२ मा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दाय गरेका थिए ।