Logo
४ आश्विन २०८१, शुक्रबार
(August 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीका नेता तथा संसद्सहित माधव नेपाल चन्द्रागिरिमा, दस्तावेजलाई अन्तिम रूप दिने तयारी

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल केन्द्रीय सदस्य र सांसद्सहित चन्द्रागिरि पुगेका छन्।

नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको काम टुंग्याउन उनीहरु चन्द्रागिरि पुगेका हुन्।

‘अस्ति हतारमा पार्टी दर्ताका लागि निवेदन दियौं। घोषणापत्र, विधान र नियमावलीको काम पूरा गर्न पाएका थिएनौं। अब त्यसलाई टुंग्याएर मात्रै फर्किने छौं’, एक सांसद्ले भने।

नेपालको टोली आज त्यही बस्ने छ। काम सकिए भोलि काठमाडौं फर्किने र नसकिए भोलि पनि त्यहीँ बस्ने उनले बताए।

निर्वाचन आयोगले नेपाल पक्षलाई बुधबार सनाखतका लागि बोलाएको छ।

प्रकाशित मिति: Aug 23, 2021

प्रतिक्रिया दिनुहोस्