Logo
७ पुस २०८१, आईतबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 विद्युत् प्राधिकरणमा कुलमान नियुक्तीविरुद्ध रिटको सुनुवाइ आज हुँदै

सर्वोच्चमा नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तीविरुद्ध रिटको सुनुवाइ आज हुँदै छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुने भएको हो ।

आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै शाक्य अदालत पुगेका थिए ।

शाक्यले गत सोमबार वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन् ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरिसकेका छन् ।

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्