Logo
१३ मंसिर २०८१, बिहीबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ का प्रमुख राजेश झालाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रदेश २ को प्रमुखमा मिश्रलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयमा प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४र३२ गतेको बैठकको निर्णय एवम् प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ’ उल्लेख छ ।

यसअघि राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ का प्रमुख झालाई पदमुक्त गरेकी थिइन् ।

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्