अफगानिस्ताका महिलाहरुले वर्षौंपछि पाएको मानवअधिकार बचाउन जरुरी छ : युएन
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले अफगानिस्ताका महिला र युवतीहरुले वर्षौंपछि पाएको मानवअधिकार बचाउन जरुरी रहेको बताएका छन् ।
गुटरेशले तालिवान र अन्य समूहलाई आफ्ना देशका नागरिकको ज्यान बचाउन अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ताले ट्विट गर्दै अबका दिनहरुमा अफगानिस्तानका महिलाहरुको अधिकारको लागि युएन चिन्तित भएको बताएका छन् ।
उनले युएनले अफगानिस्तानमा शान्ति चाहेको बताए ।एन्टोनियो गुटरेशले एक ट्टिव गर्दै भनेका छन्, ‘अफगानिस्तानमा जारी संघर्ष र मानवाधिकारको गम्भीर उल्लंघनको समाचारका कारण त्यहाँबाट हराजौं मानिसहरु पलायन हुने भएका छन् । त्यहाँ वर्षौंपछि महिला र युवतीहरुले पाएको मानवअधिकार बचाउन जरुरी छ ।’
तालिबान समूह आइतबार राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।अमेरिकी सेनाले छाडेको ४५ दिनमै तालिबानले पूरै अफगानिस्तान कब्जामा लिएको हो ।
I’m deeply concerned about the situation in Afghanistan & urge the Taliban & all others to exercise utmost restraint to protect lives & ensure humanitarian needs can be met.
The @UN remains determined to contribute to a peaceful settlement & promote human rights of all Afghans.
— António Guterres (@antonioguterres) August 15, 2021