Logo
१२ मंसिर २०८१, बुधबार
(August 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै, लालकिल्लाबाट मोदीको सम्बोधन

छिमेकी देश भारतले आज ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यस अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट विशेष सम्बोधन गरेका छन् । आयोजित विशेष समारोहमा सहभागी भई देशवासीको नाममा मोदीले सम्बोधन गरेका हुन् ।

अङ्ग्रेजको शासनबाट भारत स्वतन्त्र भएको आज ७५ वर्ष पूरा भएको छ । ८८ मिनेटको भाषण दिदै मोदीले बिभाजन स्मृति दिवसको  पनि घोषणा गरेका छन् । यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहानै ट्विटरमार्फत स्वतन्त्रता दिवसको बधाई दिँदै स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री मोदीले बिहानै राजघाटस्थित महात्मा गान्धीको समाधिमा फूल चढाएर परिक्रमा गरेका छन् ।आज पहिलो पटक एयरफोर्सको हेलिकप्टरले फूल बर्साउने कार्यक्रम गरिएको थियोे । ओलम्पिक पदक विजेता खेलाडी पनि त्यहाँ उपस्थित भएका थिए । 

प्रकाशित मिति: Aug 15, 2021

प्रतिक्रिया दिनुहोस्