कायममुकायम प्रधान सेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीचबीच भेटवार्ता
कामुकाम प्रधान सेनापति रथी श्री प्रशुराम शर्मा र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवाता भएको छ ।
आज (शुक्रबार) कायममुकायम प्रधान सेनापति शर्मा र भारतका राजदुत क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।