Logo
१२ मंसिर २०८१, बुधबार
(August 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कोभिडको तेस्रो खोप दिने

अमेरिकाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कोभिडको तेस्रो खोप दिने निर्णय गरेको छ ।

हालसम्म कोभिडको दुई डोज दिने गरिएको थियो । तर त्यसले पनि पर्याप्त हुन नसकेको भन्दै कमजोर मानिसहरुलाई तेस्रो डोज पनि दिने निर्णय गरेको हो ।

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई कोरोनाविरुद्ध फाइजर-बयोएनटेक र मोर्डनाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको हो ।

एफडीएको यो घोषणासँगै अब चिकित्सकहरुले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीहरुलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।

हालसम्म पनि दुवै खोपलाई आपत्कालिन प्रयोग अनुमति मात्रै दिएको अमेरिकाको एफडिएले पहिलाको व्यवस्थामा केही अपडेट गरेपछि अंग प्रत्यारोपण गरेकाहरुले समेत तेस्रो मात्रा लगाउन पाउने भएका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीएस) को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिन पूर्व नै एफडीएले अनुमति दिएको हो ।

सीडीसीले पनि तेस्रो डोज लगाउनका लागि अनुमति दिने आंकलन भइरहेको छ ।एफडीएले रोग प्रतिरोधी क्षमता अत्यन्तै न्यून भएका कारण जोखिममा रहेका व्यक्तिहरुलाई ध्यानमा राखेर यो निर्णय गरेको हो, एफडीएका कमिस्नर डा. ज्यानेट उडकक्ले विज्ञप्तीमा भनेका छन्, उपलब्ध तथ्यांकहरुलाई आधार मानेर नै जोखिममा रहेको सानो समुहलाई राहत मिल्छ भनेर फाइजरबयोएनटेक र मोर्डनाको खोपको तेस्रो डोज लगाउन अनुमति दिएका हौं ।

प्रकाशित मिति: Aug 13, 2021

प्रतिक्रिया दिनुहोस्