Logo
९ मंसिर २०८१, आईतबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै, कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का

लुम्बिनी प्रदेशमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेश गर्दैछन् ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्ने समय दिएका छन् ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो ।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् ।

तर कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकाले केसी आठ महिना मात्रै मूख्यमन्त्री रहने छन् ।

लुम्बिनी प्रदेशको मूख्यमन्त्री पनि माओवादीले हात पार्ने अवस्था बनेपछि सात वटा प्रदेश मध्ये माओवादी ३ वटा प्रदेशमा सरकार बनाउन सफल हुने छ ।

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्