नागरिक उड्डयन प्राधिकरण टुक्राउन खोजिएको विरोधमा आज पनि आन्दोलन जारी [फोटोफिचर]
नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउन खोजिएको विरोधमा आज तेस्रो दिन पनि कर्मचारीहरुले पेन डाउन गर्दै आफ्नो धर्ना कार्यक्रमलाई अघि बढाएका छन ।
उनीहरुले बदनीयतपूर्वक प्राधिकरण टुक्राउन लागिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेर सोमबारदेखि चरबद्ध रुपमा पेन डाउन तथा महानिर्देशकको कार्यकक्षमा धर्ना दिइरहेका छन् ।
आन्दोलनरत कर्मचारी र प्राधिकरण व्यवस्थापन बीच मंगलबार पहिलो चरणको वार्ता नि भयो तर वार्ता असफल भएको मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले जानकारी दिनुभयो ।
गुप्ताका अनुसार व्यवस्थापनले माग सम्बोधन गर्न आफ्नो कुनै भूमिका नहुने छलफलमा बताएको थियो ।