लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै छन् ।
प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ ।
सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मङ्गलवार बेलुका बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए ।
अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक पनि बोलाइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ ।