Logo
४ आश्विन २०८१, शुक्रबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी ओलीप्रति खनिदै माधव नेपालले गरे यस्तो आक्रामक भाषण !

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर अघि बढ्ने बताएका छन् ।

सामुदायिक विद्यालयबाट पढेर एमबीबीएस प्रवेश परीक्षामा प्रथम भएका आशिक झालाई सम्मान गर्न अनेरास्ववियुले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले शिर निहुर्‍याउने काम आफूबाट नहुने बताए ।

पार्टीभित्रको विवादको समयमा नेता नेपालको यस्तो अभिव्यक्ति आएको हो । उनले कर्णाली प्रदेश सभाका सदस्यहरूको पद खारेज भएमा उपनिर्वाचनमा जिताएर ल्याउने पनि प्रतिबद्धता व्यक्त गरे ।

‘हामी अगाडि बढ्छौं, दृढताका साथ अघि बढ्छौं । शिर निहुराउने छैनौं । कसैको टाङमुनी छिर्ने छैनौं । अँध्यारो सुरुङमा जानेवाला छेनौं,’ उनले भने, ‘दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरूलाई चुनौती दिएर नै तिनलाई माथ गरेरै अगाडि बढ्नेछौं ।’

कर्णाली प्रदेशका मन्त्री अम्मरबहादुर थापा पनि कार्यक्रममा थिए । सर्वोच्चको आदेशबाट उनको प्रदेशसभा सदस्य पद खारेज भएको छ । हाल उनी कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री छन् ।

थापालगायत नेपाल पक्षका ४ एमाले प्रदेश सभा सदस्यले ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यस कामलाई नेता नेपालले ‘आँट गरेको’ रूपमा व्याख्या गरे । ‘कर्णाली प्रदेशका मन्त्रीले बडो साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो, कायरता देखाउनु भएन,’ उनले भने, ‘उहाँको प्रदेशसभा सदस्यता धरापमा छ । यदि तपाईंको प्रदेशसभा सदस्यता धरापमा छ भने, यदि प्रदेशसभा सदस्य खरेजी भयो र उपनिर्वाचन भयो भने जिताएर ल्याउने जिम्मेावरी मेरो हुनेछ ।’

त्यसरी लाग्ने नेताहरूलाई आफूले दृढतापूर्वक साथ दिने उनले प्रतिबद्धता व्यक्त गरे । उनीहरूलाई अगाडि बढ्न उनको सुझाव थियो ।

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्