Logo
४ आश्विन २०८१, शुक्रबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले कामकाज बन्द गरेर महानिर्देशकको कार्यकक्ष घेराउ गरे

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउने सरकारको तयारीप्रति असहमती जनाउँदै आएका संगठित कर्मचारीहरुले आज महानिर्देशकको कार्यकक्ष घेराउ गरेका छन ।

चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम अघि बढाएका उनीहरुले आज १० बजेदेखि २ बजेसम्म पेन डाउन गर्दै महानिर्देशकको कार्यकक्ष घेराउ गरे । घेराउ कार्यक्रम २७ गतेसम्म निरन्तर चल्नेछ ।

सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुईवटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको भन्दै प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरुले विधेयक तत्काल फिर्ता गर्न सरकारलाई भनिरहेका छन तर उनीहरुको मागमा सरकारले केही गरेको छैन ।

भर्खरै सुदृढ हुँदै गएको प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रुपान्तरण गर्दा स्वार्थ समूहको चलखेल तथा मुनाफाखोरी बढ्न सक्ने खतरा बढेकाले आन्दोलित हुनुपरेको मधेश तराई कर्मचारी युनियनका अध्यक्ष अनिल कुमार गुप्ताले जानकारी दिए ।

विभिन्न पाँच वाट पेशागत संगठनद्वारा जारी ज्ञापनपत्रमा विधेयक जे जस्तो अवस्थामा छ त्यही स्थगन गरी माग सम्बोधन नभएमा पुनः अर्काे बैठक बसी थप कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछन् ।

राष्ट्रको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाई सेवालाई महंगो बनाउने र आम नागरिकहरुलाई त्यसको भार पार्ने गरी योजनाबद्ध तबरले ल्याएको संगठनको आरोप छ ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्