Logo
१२ मंसिर २०८१, बुधबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री मोदीले गर्ने

आज राष्ट्रसंघीय सुरक्षा परिषद् वैठकको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका छन् ।भारतीय विदेश मन्त्रालयका अनुसार भर्चुअल सम्मेलनको अध्यक्षता मोदीले गर्नेछन् ।

अगस्ट महीनाका लागि परिषद्को अध्यक्षमा भारत चुनिएपछि मोदीले अध्यक्षतामा रुचि देखाएका हुन् ।नेपाली समयानुसार आज बेलुका हुने सम्मेलनमा सामुन्द्रीक सुरक्षाको विषयमा छलफल हुने जनाइएको छ ।

मोदी सुरक्षा परिषद्को अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् ।भारतले आफ्नो अध्यक्षताको कार्यकालमा सामुन्द्रीक सुरक्षा, शान्ति सेनामा सहभागिता र प्रतिआतंकवाद जस्ता मुद्दामा छलफल चलाउने भएको छ ।

 

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्