प्रदेश प्रमुख अहिराजद्वारा सप्तरीमा स्थलगत भ्रमण (फोटोफिचर)
प्रदेश नं २ का प्रदेश प्रमुख डा राजेश अहिराजले सप्तरीको स्थलगत भ्रमण गरेका छन् ।
जिल्लामा कोरोनाको कहरबार नाकरिकको जिवन , स्वास्थ्य , शिक्षा, सिमाको सुरक्षा, राष्ट्रियता र राष्ट्रिय एकता बलियो बनाउन र नागरिकलाई राज्यसँग जोड्न विशेष पहल गर्ने उद्देश्यसहित उनले जिल्ला जिल्लामा पुगेर अवोलकन गरेका हुन् ।
शिरमा देश मनमा मधेश भन्ने नारासहित जिल्ला प्रमुख अधिकारी जय नारायण आचार्यसहित पत्रकार र सरोकालवाला समूहले जिल्लाको सम्रग बस्तुस्थितिको जानकारी लिएको छ ।
साथै उनले पत्रकार, सुरक्षाकर्मी र सरोकारवालाई नेपालको झण्डा अंकित लोग पनि लगाइदिएका छन् ।