Logo
१२ मंसिर २०८१, बुधबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा सुरक्षाको कारबाहीमा ४१ तालिबान लडाकु मारिए

अफगानिस्तानमा सुरक्षा बलको कारबाहीमा ४१ तालिबान लडाकु मारिएका छन् ।

अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात सहरमा सुरक्षा बल र तालिबान लडाकुबिच भएको दोहोरो भिडन्तमा परी ४१ जना तालिबानी लडाकु मारिएका हुन् ।

त्यसै गरी सो भिडन्तको क्रममा अन्य ३२ जना लडाकु घाइते भएका गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।सुरक्षा बल र तालिबान लडाकुबिच छ दिनसम्म जारी रहेको झडपपछि सुरक्षा बलले हेरात प्रान्तको प्रान्तीय राजधानी हेरात सहरको छिमेकमा रहेका कैयौँ सहर पुनः कब्जामा लिएका छन् ।

सुरक्षा बलले तालिबान लडाकुबाट दुई वटा पुल पुनः नियन्त्रण लिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।गत बिहीबारबाट तालिबान लडाकुले हेरात सहरको दक्षिणी र पूर्वी भागबाट आक्रमण सुरु गरेर पुरै सहर कब्जा गर्न खोजिरहेका थिए ।

अफगानिस्तानमा गत मे महिनादेखि तालिबान लडाकुले सरकार विरोधी लडाईलाई तीव्र बनाएको छ र तालिबान लडाकुले हालसालै प्रमुख सहर नियन्त्रणको लागि दबाब बढाएका छन् ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्