टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिका पछिपछि
टोकियो ओलम्पिकको दशौं दिनमा पनि पदक तालिकामा चीनको अग्रता कायमै रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ ।
जापानको १७ स्वर्ण छ । अष्ट्रेलिया १४ स्वर्णका साथ चौंथो स्थानमा छ ।ओलम्पिकको दशौं दिन आज जिमन्स्याष्टिक, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, सुटिङ, भारत्तोलन, कुस्तीलगायत खेलहरुमा स्वर्णको छिनोफानो हुन्छ ।
यसपटकको ओलम्पिकमा एथलेटिक्स, भारत्तोलन, स्विमिङलगायतका खेलहरुमा विश्व किर्तिमान कायम भइसकेका छन् । खेलमा केही नाटकीय घटनाहरु पनि भएका छन् ।