Logo
४ आश्विन २०८१, शुक्रबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुइन काटेर भारतले अमानविय हर्कत गरेको माओवादी केन्द्रको ठहर

सत्तारुढ नेकपा माओवादी केन्द्रले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनालाई अमानवीय भनेको छ।

एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न पनि माओवादीले सरकारसँग माग गरेको छ।

माओवादीको बसेको स्थायी कमिटी बैठकले भारतीय सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहारको छानविन गर्नुपर्ने निर्णय गरेको हो।

दार्चुलामा नेपालीमाथि भइरहेको ज्यादतीलाई लिएर सत्तारुढसहितका दलहरुले विरोध जनाइरहेका छन्। तर भारतीय पक्षले आफ्नो संलग्नता अस्वीकार गरिरहेको छ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्