Logo
१२ मंसिर २०८१, बुधबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायल प्यालेस्टाइनको द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्छ : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले इजरायल र प्यालेस्टाइनको द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीले पछिल्ला दिनहरुमा बढ्दै गएको इजरायल र प्यालेस्टाइनबीचको युद्धलाई शान्तिपूर्ण तवरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।

अहिले गाजामा यहाँका द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यो सहयोग उपलब्ध गराएको प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताएका छन् ।

उनले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको प्रसङ्ग उल्लेख गर्दै भनेका छन् कि हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भए पनि त्यहाँको युद्धको समाधान राजनीतिक रुपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ ।

पछिल्ला दिनहरुमा इजरायल र प्यालेस्टाइनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौँ मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ ।

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्