Logo
४ आश्विन २०८१, शुक्रबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-२ का प्रदेश प्रमुख अहिराज र गण्डकी प्रमुख पौडेल तत्कालै पदमुक्त !

प्रदेश नम्बर २ का प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुख तत्कालै पदमुक्त हुने सम्भावना बढेको छ । नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेसँगै उनीहरुको पद धरापमा परेको हो ।

आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको छ। शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो।

दिउँसो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा ओली सरकारले हटाएका प्रदेश प्रमुखलाई नै पुनर्नियुक्ति गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

यसअघि नेकपाको सरकार हुँदा माओवादीको भागमा तीनवटा प्रदेश प्रमुख परेको थियो। सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मीला पन्तलाई पनि ओलीले त्यतिखेरै हटाएका थिए। तर यसपालि गठबन्धन सरकारलाई भागबण्डा मिलाउँदा माओवादी केन्द्रको भागमा दुईवटा मात्रै प्रदेश प्रमुख परेको हो।

यो निर्णयपछि मन्त्रिपरिषदको बैठक सुरु भएको छ। बैठकले गण्डकी र प्रदेश २ सँगै लुम्बिनी प्रदेशको पनि प्रमुख परिवर्तन गर्नसक्ने सम्भावना छ।

लुम्बिनी प्रदेश कांग्रेसको भागमा परेको छ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्