Logo
१२ मंसिर २०८१, बुधबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर ३ अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।अमेरिकामा ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ७ करोड ७७ लाख २६ हजार ९२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड ९८ लाख ८४ हजार ७६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ७७ लाख ८७ हजार ३३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५८ लाख ८७ हजार ९५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।रासस

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्